जनादेश, काठमाडौं :
स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
घिमिरेको पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो ।अन्त्येष्टिमा घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीले सलामी अपर्ण गरेका थिए । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए ।
जन्मिएका घिमिरेका दर्जनौँ कृति चर्चित छन् । घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो । बुधबारै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
उनको जन्म लम्जुङको पुस्तुन गाउँमा १९७६ असोज ७ गते भएको थियो ।