सोमबार सेयर बजार परिसूचक नेप्से ३६.५७ अंकले बढेर दुई हजार ०५९.४९ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक ८८, होटल तथा पर्यटन ८८, हाइड्रोपावर समूह ६९ फाइनान्स ४४, लगानी २, जीवन बीमा ३९२, उत्पादन ३३, माइक्रोफाइनान्स ४२, निर्जीवन बीमा १५५, अन्य ३८ र ब्यापार समूह २८ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै सिंगाटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी र मुक्तिना कृषी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा आज बजार बढे पनि नारायणी डेभलपमेन्ट बैंको सेयर झण्डै साढे ५ प्रतिशतल घटेको छ ।
यसदिन ३०९ कम्पनीको एक करोड ३७ लाख कित्ता सेयर ४ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ ।