जनादेश विराटनगर:
प्रदेश नं १ मा आज १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमण पुष्टि भएकामा ३३ महिला र ९० जना पुरुष छन् ।
सङ्क्रमित हुनेमा मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरमा एक र दुई भारतीय नागररिक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, विराटनगरमा आज ५२ जना सङ्क्रमित थपिएका छन् ।
हाल सम्म ७२ हजार ४३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।