मंगलबार सेयर बजार परिसूचक नेप्से ०.४० अंकले घटेर दुई हजार ०९८.२९विन्दुमा पुगेको छ ।
बैंकिङ ४, जीवन बीमा ७१, उत्पादन १३, माइक्रोफाइनान्स ४, फाइनान्स ५, हाइड्रोपावर १५ र ब्यापार यपसमूह २४ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज विकास बैंक ३, निर्जीवन बीमा ८०, होटल तथा पर्यटन २५६ र अन्य उपसमूह ९ अंकले बढेको छ ।
आज मिड सोलु हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ६.२० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज चन्द्रागिरी हिल्सको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१० कम्पनीको एक करोड १८ लाख कित्ता सेयर ४ अर्ब २९ करोडमा कारोबार भएको छ ।