सोबार सेयर बजार परिसूचक नेप्से १०.२६अंकले बढेर दुई हजार १०४.७२ विन्दुमा पुगेको छ ।
विकास बैंक २, फाइनान्स ९, जीवन बीमा ७७, हाइड्रोपावर २८, उत्पादन २६, होटल तथा पर्यटन ६, ब्यापार १२ र अन्य उपसमूह २८ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ ०.७४, निर्जीवन बीमा १२ र माइक्रोफाइनान्स उपसमूह २ अंकले घटेको छ ।
आज यूनिन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज गरिमा डीबेन्चर २०८५ को सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
यस दिन ३११ कम्पनीको एक करोड २३ लाख कित्ता सेयर ४ अर्ब ५६ करोडमा कारोबार भएको छ ।