बुधबार सेयर बजार परिसूचक नेप्से २१.६७ अंकले घटेर दुई हजार ०९७.९३ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक ७९, जीवन बीमा १४७, हाइड्रोपावर ३८, होटल तथा पर्यटन ११४, ब्यापार ४९, अन्य ११, फाइनान्स ३४, निर्जीवन बीमा ११६ र माइक्रोफाइनान्स उपसमूह ४० अंकले घटेको छ । त्यस्तै, आज उत्पादन उपसमूह भने ८ अंकले बढेको छ ।
आज मेन्टियाम हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ५.८७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सामलिङ पावर कम्पनीको सेयर ९.८७ प्रतिशतले बढेको छ ।
यस दिन ३१३ कम्पनीको एक करोड ४७ लाख कित्ता सेयर ५अर्ब २९ करोडमा कारोबार भएको छ ।