आइतबार सेयर बजार परिसूचक नेप्से १०.५० अंकले घटेर दुई हजार ०८५.८२ विन्दुमा पुगेको छ ।
बैंकिङ ९, होटल तथा पर्यटन ८८, जीवनबीमा ३०, अन्य ०.४१, ब्यापार समूह ४४, फाइनान्स ९, उत्पादन १६८ र माइक्रोफाइनान्स १६ र निर्जीवन बीमा उपसमूह ४२ अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक ३ र हाइड्रोपावर उपसमुह ६ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै एनआईसी एशिया ग्रोथ फन्ड २ को सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समाज लघुवित्त र कुथेली बुखारी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०५ कम्पनीको एक करोड ५ लाख कित्ता सेयर ४ अर्ब ८ करोडमा कारोबार भएको छ ।