माओवादी स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने – Janadesh Daily | ePaper

माओवादी स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने


अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो ३ बजेसम्मलाई सरेको छ।

आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्रे गरी डाकिएको बैठक चार घण्टालाई पछि सारिएको हो।

यो बैठकमा अध्यक्ष दाहालले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको थियो।

बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्यांकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतमा छलफल हुने बताइएको छ।

शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका दाहालको कार्यव्यस्तताका कारण स्थगित भएको थियो।

त्यसअघि बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए। माओवादीले आगामी चैत १ गतेदेखि तराई(मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्