‘जनयुद्धका शहीद’ र त्रिवेणी दर्पण’ विमोचित – Janadesh Daily | ePaper

‘जनयुद्धका शहीद’ र त्रिवेणी दर्पण’ विमोचित


जनादेश, रुकुमपश्चिम:

त्रिवेणी गाउँपालिकाले तत्कालीन ‘जनयुद्ध’मा ज्यान गुमाएका शहीदको सम्पूर्ण विवरणसहितको स्मारिका तयार पारेको छ ।

गाउँपालिकाले ‘जनयुद्ध’मा ज्यान गुमाउने गाउँपालिकाका सबै ७४ शहीदको व्यक्तिगत र घटना विवरण तथा उनीहरुले पु¥याएको योगदानसहितको स्मारिका तयार पारेको हो ।

स्मारिकामा शहीदको तस्वीरसहित उनीहरुको व्यक्तिगत तथा पारिवारिक परिचय, युद्धमा पु¥याएको योगदान, लडेको युद्ध, पार्टीमा तत्कालीन पदीय जिम्मेवारी, मृत्युवरण गरेको युद्ध तथा स्थान, कारणलगायत विवरण समावेश गरिएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताए ।

साविकको सिङ्गो रुकुम जिल्ला तत्कालीन नेकपा(माओवादी)ले १० वर्षसम्म सञ्चालन गरेको ‘जनयुद्ध’को उद्मगम थलो पनि हो । युद्धमा परी जिल्लाका ६ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने ठूलो मात्रामा भौतिक क्षति व्यहोरिएको थियो ।

उक्त स्मारिकाको बुधबार कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले विमोचन गर्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य शर्माले आफूहरु शहीदको मार्ग निर्देशनअनुसार अगाडि बढिरहेको र उनीहरुको सपना साकार पार्न लागिपरेको बताए ।

सोही कार्यक्रममा कला, साहित्य, संस्कृति संरक्षण मञ्च त्रिवेणीद्वारा प्रकाशन गरिएको ‘त्रिवेणी दर्पण’ नामक साहित्यिक स्मारिकाको लोकार्पणसमेत गरिएको थियो ।

कृतिमा जनयुद्धका घटनाक्रमको विवरण, त्रिवेणीको धार्मिक, सांस्कृतिक तथा साहित्यिक र पर्यटकीय क्षेत्रको पहिचान तथा परिचय, गाउँपालिकाभित्र तथा बाहिरका साहित्यकारका लेखरचनालगायत समेटिएको मञ्चका सचिव कुवेर ओलीले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्