आइतबार सेयर बजार परिसूचक नेप्से २६.८१ अंकले घटेर एक हजार ९७९.०२ विन्दुमा पुगेको छ ।
बैंकिङ १७, विकास बैंक ४१, होटल तथा पर्यटन ७८, हाइड्रोपावर ६२, जीवन बीमा ५३, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा ५९, ब्यापार ३१, र अन्य उपसमूह २४ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज उत्पादन ४८ र फाइनान्स उपसमूह २५ अंकले बढेको छ ।
आज समाज लघुवित्त र मोलुङ हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१७ कम्पनीको ८५ लाख कित्ता सेयर ३ अर्ब ८ करोडमा कारोबार भएको छ ।