सोमबार सेयर बजार परिसूचक नेप्से ३.२७ अंकले बढेर दुई हजार ०७३.५३ विन्दुमा पुगेको छ ।
होटल तथा पर्यटन ४७, हाइड्रोपावर ४, ब्यापार १४, अन्य ६, माइक्रोफाइनान्स २४, जीवन बीमा ६, फाइनान्स २० र विकास बैंक उपसमूह ५२ अंकले बढेको छ । यस्तै, बैंकिङ ०.३७, निर्जीवन बीमा ११ र उत्पादन उपसमूह ५७ अंकले घटेको छ ।
आज गुर्खाज् फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज मानुषी लघुवित्तको सेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन ३०३ कम्पनीको ७४ लाख कित्ता सेयर २ अर्ब ८८ करोडमा कारोबार भएको छ ।