बिहिबार सेयर बजार परिसूचक नेप्से १५.३७ अंकले घटेर दुई हजार ०४८.५७ विन्दुमा पुगेको छ ।
होटल तथा पर्यटन ५२, हाइड्रोपावर २१, अन्य १४, विकास बैंक १८, बैंकिङ ७, निर्जीवन बीमा ८९, उत्पादन ४, जीवन बीमा ८६, फाइनान्स ३ र माइक्रोफाइनान्स उपसमूह ५३ अंकले घटेको छ । त्यस्तै, ब्यापार उपसमहूह भने १८ अंकले अंकले बढेको छ ।
आज सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज धौलागिरी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१५ कम्पनीको ०क करोड ८५ लाख कित्ता सेयर ४ अर्ब ३१ करोडमा कारोबार भएको छ ।