१० अंकले बढ्यो नेप्से, २ अर्ब ३५ करोडको कारोबार – Janadesh Daily | ePaper

१० अंकले बढ्यो नेप्से, २ अर्ब ३५ करोडको कारोबार


मंगलबार सेयर बजार परिसूचक नेप्से १०.१४ अंकले बढेर दुई हजार ०४१.७० विन्दुमा पुगेको छ ।

हाइड्रोपावर ३९, अन्य १, विकास बैंक २०, बैंकिङ ०.४९, निर्जीवन बीमा १६, माइक्रोफाइनान्स १६, होटल तथा पर्यटन २४ र उत्पादन उपसमूह १४५ अंकले बढेको छ । त्यस्तै, जीवन बीमा १९, फाइनान्स १ र ब्यापार उपसमूह ४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै डोल्टी पावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज धौलागिरी लघुवित्तको सेयर झण्डै साढे ९ प्रतिशतले घटेको छ ।

यस दिन ३१० कम्पनीको ६८ लाख कित्ता सेयर २ अर्ब ३५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्