दक्षिण अफ्रिकामा संसदीय निर्वाचनका लागि १४ हजारभन्दा बढी उम्मेदवार मैदानमा – Janadesh Daily | ePaper

दक्षिण अफ्रिकामा संसदीय निर्वाचनका लागि १४ हजारभन्दा बढी उम्मेदवार मैदानमा


दक्षिण अफ्रिकामा मे २९ मा हुने नेसनल एसेम्ब्ली र नौ वटा प्रान्तीय व्यवस्थापिकाको लागि हुने ८८७ सीटमा प्रतिस्पर्धाका लागि १४ हजार ६६२ उम्मेदवारहरूले नामावली दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पेस गरेको उम्मेदवारको सूची आयोगले मङ्गलबार सार्वजनिक गरेको होे ।

निर्वाचनका लागि सबैभन्दा ठूलो मतपत्रमा ५६ जना उम्मेदवारहरूको नामावली रहने आयोगले जनाएको छ ।

दक्षिण अफ्रिकामा कुनै अपराधमा दोषी ठहरिएको र जरिवानाको विकल्पबिना १२ महिनाभन्दा बढी जेल सजाय भएको व्यक्तिले चुनाव लड्न नपाउने कानुनी ब्यबस्था छ ।

यसैगरी आइइसीले चुनाव लड्ने उम्मेद्वारहरूको अन्तिम सूची अप्रिल १० मा प्रकाशित हुने जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्