राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष दाहालको निर्देशन – Janadesh Daily | ePaper

राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष दाहालको निर्देशन


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको छ ।

सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणका साथै र विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि अध्यक्ष दाहालले सो निर्देशन दिनुभएको हो ।

प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयका सम्बन्धमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५ ९क० को उपनियम ३ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन सरकारलाई निर्देशन दिइएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्