मंगलबार सेयर बजार परिसूचक नेप्से १.८५ अंकले घटेर दुई हजार ०२०.२१ विन्दुमा पुगेको छ ।
हाइड्रोपावर १९, अन्य ९, विकास बैंक ६, उत्पादन २३, बैंकिङ २, निर्जीवन बीमा १८ र होटल तथा पर्यटन उपसमूह २९ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा १९, फाइनान्स ०.७४, माइक्रोफाइनान्स ७२ र ब्यापार उपसमूह ८ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै ज्योती विकास बैंक बोन्ड २०८७ को सेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज गुँरास लघुवित्त वित्तिय संस्थाको सेयर भने १० प्रतिशतले बढेको छ ।
यस दिन ३१२ कम्पनीको ६१ लाख कित्ता सेयर २ अर्ब २९ करोडमा कारोबार भएको छ ।