नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत बढ्ने एडीबीको प्रक्षेपण – Janadesh Daily | ePaper

नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत बढ्ने एडीबीको प्रक्षेपण


काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

‘एसियन डेभलपमेन्ट आउटलुक २०२४’ सार्वजनिक गर्दै बैंकले २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

गत वर्षको तुलनामा बैंकले यो वर्ष आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको हो । सन् २०२३ मा एडीबीले नेपालको अर्थतन्त्र १.९ प्रतिशतले बढ्ने अनुमान गरेको थियो ।

बैंकले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

यस्तै, यस वर्ष नेपालको मूल्यवृद्धि दर ६.५ प्रतिशत रहने बैंकको प्रक्षेपण रहेको छ ।

एडीबीको प्रक्षेपण अनुसार दक्षिण एसियाली मुलुकमध्ये सन् २०२४मा भारतको अर्थतन्त्र सबैभन्दा धेरै बढ्ने देखिएको छ । यो वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले बढ्ने बैंकले जनाएको छ ।

त्यस्तै, दोस्रोमा बङ्गलादेशको आर्थिक वृद्धिदर ६.१ प्रतिशत, तेस्रोमा माल्दिभको आर्थिक वृद्धिदर ५.४ प्रतिशतले, चौथोमा भुटानको अर्थतन्त्र ४.१ प्रतिशतले र पाचौँमा पाकिस्तान र श्रीलङ्काले समान १.९ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण छ । अफगानिस्तानको भने यो वर्ष आर्थिक वृद्धिदर प्रक्षेपण भएको छैन ।

समग्रमा यस वर्ष दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ६.३ प्रतिशतले बढ्ने देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्