काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले घटेर एक हजार ९९१.७१ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ७, जीवन बीमा ५५, निर्जीवन बीमा ७८, अन्य १८, होटल तथा पर्यटन १४, र उत्पादन ३८, फाइनान्स ९, हाइड्रोपावर ३२, माइक्रोफाइनान्स ४७ र ब्यापार उपसमुह २३ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज एसबिएल डीबेन्चर २०८९ को सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३१२ कम्पनीको ५४ लाख कित्ता सेयर २ अर्ब १० करोडमा कारोबार भएको छ ।