सुनको मूल्य स्थिर, चाँदीको घट्यो – Janadesh Daily | ePaper

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेर १७ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३८१.३३ डलर र चाँदी प्रतिऔंस २८.१४ डलरमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्