काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १२.२९ अंकले बढेर एक हजार ९८४.४३ विन्दुमा पुगेको छ ।
विकास बैंक ४, जीवन बीमा ४१, निर्जीवन बीमा ९६, अन्य १५, होटल तथा पर्यटन १५, उत्पादन १२३, फाइनान्स ९, हाइड्रोपावर २७, माइक्रोफाइनान्स ३१ र ब्यापार उपसमूह ५ अंकले बढेको छ । त्यस्तै, बैंकिङ उपसमूह भने ३ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको सेयर ९.८८ अंकले बढेको छ । समग्रमा बजार बढेपनि आज पिपुल्स पावरको सेयर झण्डै साढे ७ प्रतिशतले घटेको छ ।
यस दिन ३१० कम्पनीको ६३ लाख कित्ता सेयर २ अर्ब २५ करोडमा कारोबार भएको छ ।