काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.४१ अंकले घटेर एक हजार ९६९.०२ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक ३७, जीवन बीमा ७९, निर्जीवन बीमा ५६, अन्य ८, होटल तथा पर्यटन १७, उत्पादन ७९, फाइनान्स ४१, हाइड्रोपावर २२, माइक्रोफाइनान्स ३८ र ब्यापार उपसमूह १२ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको सेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज पिपुल्स पावरको सेयर झण्डै साढे ७ प्रतिशतले बढेको छ ।
यस दिन ३२० कम्पनीको ५६ लाख कित्ता सेयर २ अर्ब ५ करोडमा कारोबार भएको छ ।