जनादेश, घोराही ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर लिन लायन्स कल्ब अफ राप्ति इन्जिनियरिङ कलेज घोराही दाड.ले बृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेकोछ ।
घोराही उपनगरपालिक १६ तेरौटेमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा पुगेर कलेजका प्रबन्ध निर्देशक एवं कल्बका अध्यक्ष भिमसेन गिरी, प्रिन्सीपल रेशम गिरी, उपाध्यक्ष कर्ण पुन लगाएत अन्यको उपस्थितीमा दर खुवाउने कार्यक्रम सम्पन्न भएको कल्बका सचिब लायन सरद अधिकारीले जानकारी गराउँनु भएकोछ ।
कार्यक्रममा कल्बका युवराज थपलिया, लोकेन्द्र वि.सी. संगीता पुरी, सरिता गिरी र अशोक गिरीको उपस्थिती रहेको कल्बले जनाएकोछ ।
यस कलेजमा पोखरा विश्वविद्यालय अन्र्तगत स्नातक तहको सिभिल इन्जिनियरिङ , बिसिए कार्यक्रम संचालनमा रहेकाछन् ।
सिटिइभिटी अन्र्तगत तीन बर्षे कम्प्युटर सबइन्जिनियरिङ, टीएसएलसी तर्फ अमिन, इलेक्टिकल, सिभिल इन्जिनियरिड. कार्यक्रमम संचालनमा रहेकाछन् ।
यस कलेज साविक राप्ती अञ्चलको पहिलो प्रविधिक शिक्षा प्रदान गर्ने कलेज हो । हाल यस कलेजमा करिब ४०० विद्यार्थी अध्ययनरत रहेकाछन् ।