यस वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान – Janadesh Daily | ePaper

यस वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान


काठमाडौँ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै यस वर्ष ३.८७ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।

यस्तै, गत आर्थिक वर्षमा १.९५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्ति भएको छ। अनुमान अनुसार गत वर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धिदर हुने बताइएको थियो ।

साथै, यस वर्ष अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने देखिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले विस्तार हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्