काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ८.२६ अंकले बढेर एक हजार ९७४.५० विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ४२, निर्जीवन बीमा २७२, अन्य ११, हाइड्रोपावर ३, व्यापार ३१, उत्पादन ९३ र जीवन बीमा उपसमूह १२२ अंकले बढेको छ । आज होटल तथा पर्यटन १२६, फाइनान्स १८ र माइक्रोफाइनान्स उपसमूह ५७ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै सिर्जनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मानुषी लद्धुवित्तको सेयर झण्डै साढे ५ प्रतिशतले घटेको छ ।
यस दिन ३११ कम्पनीको ७८ लाख कित्ता सेयर ३ अर्ब १५ करोडमा कारोबार भएको छ ।