२४ अंकले बढ्यो नेप्से, ३ अर्ब ४० करोडको कारोबार – Janadesh Daily | ePaper

२४ अंकले बढ्यो नेप्से, ३ अर्ब ४० करोडको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २४.३९ अंकले बढेर एक हजार ९९८.८९ विन्दुमा पुगेको छ ।

बैंकिङ ३२, विकास बैंक १२, अन्य १४, हाइड्रोपावर १३, जीवन बीमा ५० र माइक्रोफाइनान्स उपसमूह ३० अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ३, व्यापार ८, उत्पादन ६, होटल तथा पर्यटन २२ र फाइनान्स उपसमूह ४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डू हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सिवाईसि नेपाल लघुवित्तको सेयर साढे ५ प्रतिशत भन्दा भेरैले घटेको छ ।

यस दिन ३२० कम्पनीको ९५ लाख कित्ता सेयर ३ अर्ब ४० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्