२८ अंकले बढ्यो सेयर बजार, सबै उपसमूहमा हरियाली – Janadesh Daily | ePaper

२८ अंकले बढ्यो सेयर बजार, सबै उपसमूहमा हरियाली


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २८.६२ अंकले बढेर दुई हजार २७.५१ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक ५९, अन्य १७, हाइड्रोपावर ७६, जीवन बीमा १४१, माइक्रोफाइनान्स १४६, निर्जीवन बीमा १९०, व्यापार ०.८४, उत्पादन १६, होटल तथा पर्यटन ४८ र फाइनान्स उपसमूह ६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त, उपकार लघुवित्त र यूनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज हिमालयन उर्जा विकास कम्पनीको सेयर सेयर साढे ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३२० कम्पनीको ९८ लाख कित्ता सेयर ४ अर्ब ८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्