९ अंकले घट्यो नेप्से, ३ अर्ब ७० करोडको कारोबार – Janadesh Daily | ePaper

९ अंकले घट्यो नेप्से, ३ अर्ब ७० करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ९.५४ अंकले घटेर दुई हजार ०१७.९६ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ३९, अन्य १५, हाइड्रोपावर १९, जीवन बीमा १९, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३७ होटल तथा पर्यटन ४१ र फाइनान्स उपसमूह ८ अंकले घटेको छ । त्यस्तै, आज व्यापार ३१ र उत्पादन उपसमूह ८९ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१५ कम्पनीको ८४ लाख कित्ता सेयर ३ अर्ब ७० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्