२३.९४े अंकले बढ्यो नेप्से, ५ अर्ब २० करोडको कारोबार – Janadesh Daily | ePaper

२३.९४े अंकले बढ्यो नेप्से, ५ अर्ब २० करोडको कारोबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २३.९४ अंकले बढेर दुई हजार ११५.९४ विन्दुमा पुगेको छ ।

बैंकिङ १९, होटल तथा पर्यटन १४, हाइड्रोपावर ५३, अन्य ६, फाइनान्स ७५, उत्पादन १०, जीवन बीमा १९, निर्जीवन बीमा २९ र माइक्रोफाइनान्स उपसमूह ६७ अंकले बढेको छ । यस्तै, विकास बैंक १२ र व्यापार उपसमूह १४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स, नेरुडे र्मिर्मिर लघुवित्त, सामूदायीक लघुवित्त र बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज साइन रेसुंगा बैंकको सेयर ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१७ कम्पनीको एक करोड ३२ लाख कित्ता सेयर ५ अर्ब २० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्