ताप्लेजुङ पहिरो अपडेटः घाइते बुबा छोरीको उद्धार – Janadesh Daily | ePaper

ताप्लेजुङ पहिरो अपडेटः घाइते बुबा छोरीको उद्धार


फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरिएको छ । घाइते ४० वर्षीय युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी सिंवालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्ताल भर्ना गरिएको छ ।

पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा तथा जुम्ल्याहा दिदीबहिनी १० वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । मृतकहरु फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्राका बुबाआमा र बहिनी हुन् । उनीहरु घरमा सुतिरहेका अवस्थामा गएराति करिब १ः३० बजे पहिरोमा परेका थिए ।

फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घाइतेको उद्धार गरेको हो । ढुङ्गा र माटोले बनेको जस्तापाताको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले पुरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्