सरकारद्वारा कोरोना नियन्त्रणमा १२ अर्ब खर्च भएको विवरण सार्वजनिक – Janadesh Daily | ePaper

सरकारद्वारा कोरोना नियन्त्रणमा १२ अर्ब खर्च भएको विवरण सार्वजनिक


जनादेश, काठमाडौँ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन् । उक्त रकम साउन अन्तिमसम्म खर्च भएको उनले बताए। जसमध्ये संघीय सरकारमा ५ अर्ब ८५ करोड, प्रदेश सरकारमा १ अर्ब ३ करोड र स्थानीय तहहरुमा ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको जनाइएको छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले २ खर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयल ४ करोड ४९ लाख, सहरी विकास मन्त्रालयले १ करोड २९ लाख, कोभिड कोषको अन्य खर्च अन्तर्गत (जुन स्थानीय तह र प्रदेशलाई समेत दिइएको छ) १ अर्ब ३ करोड रुपैयाँ रहेको खतिवडाले जानकारी दिए।

प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्