जीबी राईको लोकेसन पत्ता लागिसक्यो: गृहमन्त्री लामिछाने – Janadesh Daily | ePaper

जीबी राईको लोकेसन पत्ता लागिसक्यो: गृहमन्त्री लामिछाने


चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको पत्ता लागेको बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन पत्ता लागेको बताएका हुन्।

उनले भने, “यस विषयमा अनुसन्धान धेरै नजिकमा आइपुगेको छ। योबीचमा मलेसियाका गृहमन्त्रीसँग मेरो २ पटक कुराकानी भएको छ । ३र४ दिन अगाडि पनि मेरो उहाँसँग कुराकानी भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएका कारणले अलिकति कूटनीतिक पहलहरूमा समय लागेको छ । तर नजिक छौं । हाम्रो कोसिस दिनरात हामी गरी नै रहेका छौं । मलाई गृहमन्त्रीले नै कन्फर्म गर्नु भएको छ लोकेसन ।”

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष समेत रहेका राईविरुद्ध बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग लागेको छ । राईसहित १९ जनाविरुद्ध २०८० असोज १८ मा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ। हाल मुद्दाका प्रतिवादीमध्ये ५ जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा छन् भने राईसहित १४ जना फरार रहेको छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्