एआईद्धारा सीप विकास र उदयमान संचार प्रविधिका बारेको राष्ट्रिय सम्मेलन सम्पन्न – Janadesh Daily | ePaper

एआईद्धारा सीप विकास र उदयमान संचार प्रविधिका बारेको राष्ट्रिय सम्मेलन सम्पन्न


May be an image of 12 people, dais and text

घोराही, ८ असार । पछिल्लो समय विकशित कृतिम बौद्धिकता (एआई) प्रविधिका बारेमा शनिबार घोराहीमा एक दिवसीय राष्टिय सम्मेलन सम्पन्न भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)द्वारा संचालित सिप विकास र उदीयमान सञ्चार प्रविधि’ विषयक राष्ट्रिय सम्मेलनमा विभिन्न छ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो भने विभिन्न विषयका विज्ञहरु सम्मिलित प्यानल छलफल गरिएको थियो ।

May be an image of 1 person and dais

सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौ, घोराहीमा रहेको राप्ती ईञ्जिनियरिङ कलेज र स्वर्गद्वारी सामुदायिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले आजको दुनियामा मानिसको दैनिक कार्यलाई सहज बनाउनका लागि प्रविधिको सहि सदुपयोग गर्नुपर्ने बाउनुभयो । उहाँले मानवले आविश्कार गरेको प्रविधिले मानवलाई नै अफ्ठेरो पारिरहेको भन्दै पछिल्लो समयमा बढीरहेको आत्महत्याका घटना प्रविधिको दुरुपयोगको उपज हुन सक्ने बताउनुभयो ।

May be an image of 6 people, dais and text

उहाँले पहिले सवैका लागि शिक्षा भनिएपनि अव गुणस्तरिय शिक्षा सवैका लागि भन्ने कार्यक्रम अनुसार अघि बढ्नुपर्ने भन्दै शिक्षालाई प्रविधिसंग जोड्न सकियो भने मात्रै गुणस्तरिय बन्न सक्ने बताउनुभयो । ज्ञानको प्रसार गर्नका लागि प्रविधिले मूमिका खेलेको भन्दै मुख्यमन्त्री महराले सरकारले प्रविधिलाई उच्च महत्व दिएको बताउनुभयो । उहाँले भोलीको दुनिया कसरी चलाउने भन्ने बारेमा आजै छलफल चलाउन जरुरी रहेको बताउनुभयो ।

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा एआईको पछिल्लो विकास र नयाँ सम्भावना लगायतका विषयमा विषय विज्ञहरुबाट कार्यपत्रसहित छलफल गरिएको थियो । जसमा लुम्विनी प्राविधिक विश्व विद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले एआईको प्रयोग र संचारमा यसले पारेको प्रभावका बारेमा मुख्य कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

यसैगरी राप्ती इन्जियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरका सीईओ डा. शैलेन्द्र गिरीले आईद्धारा सीप विकास र सिकाईको थलो एआई बनिरहेको सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल टेलिभिजनका नायव महाप्रबन्धक ईन्जिनियर चिन्तामणि बरालले बढ्दो एआईको प्रयोग, शिक्षा र प्रविधिको प्रयोग गरेर गुणस्तरिय शिक्षा प्रयोग गर्ने बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी पोष्टडक्टरल रिसर्च एशोसियट नर्थन गल्फ इन्टिच्युट मिसिसिप्पी स्टेट युनिभर्सिटी अफ अमेरिकाकाबाट डा. चिरञ्जीवी शाहले उच्च शिक्षामा आईको प्रयोेग विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साथै नेपाल टेलिकमका ईन्जिनियर कविराज यादवले उदयमान एआई संचार प्रविधि विषयमा, डा. रविन्द्र कोइराला, लेक्चर युनिभरसिटी अफ दि वेष्ट स्कटल्यण्ड बेलायतबाट उदयमान शैक्षिक प्रविधिहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।यसैगरी हेमन्त बस्नेत लगायत विषय विज्ञहरुले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्राविधिक शिक्षालय लुम्विनी प्रदेशका प्रमुख यादव सुवेदी, क्यान दाङका पूर्व अध्यक्ष कर्णबहादुर पुन र दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठसंग प्यालन छलफल गरिएको थियो । छलफलको सहजिकरण राप्ती इन्जियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरका सीईओ डा. शैलेन्द्र गिरीले गर्नुभएको थियो ।

May be an image of 1 person, dais and text

विभिन्न कलेजका विद्यार्थीहरु, सुचना अधिकारीहरु, सुरक्षा निकाय, वुद्धिजिवी, जन प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको सम्मेलनमा बोल्नेहरुले सञ्चारको क्षेत्रमा भएको क्रान्ति र कृत्रिम वौद्धिकताको शक्तिलाई उपयोग गर्दै शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा प्रगति गर्न सक्ने सम्भावना रहेको बताएका थिए । एआईलाई कसरी रणनीतिक रुपमा प्रयोग गर्ने र यसको विकास र विस्तारमा राज्यलाई थप जिम्मेवार बनाउँदै लैजाने सवालमा सम्मेलनमा बोल्नेहरुले सुझाव दिएका थिए ।

May be an image of one or more people

विश्ववन्धु थापाले संचालन गर्नुभएको कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरीले स्वागत र विषय बस्तुको समीक्षा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले प्रस्तुत गर्नुभएको थियो । धन्यवाद कलेजका निर्देशक मधुसुदन वैद्यले दिनुभएको थियो ।

May be an image of 7 people and dais

May be an image of 13 people and text

May be an image of 14 people, people smiling and dais

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्