लमजुङ पहिरो: एकको शव भेटियो, तीनजना अझै बेपत्ता – Janadesh Daily | ePaper

लमजुङ पहिरो: एकको शव भेटियो, तीनजना अझै बेपत्ता


लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एक जनाको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रुद्रमान गुरुङको शव फेला परेको वडासदस्य विनप्रसाद घलेले जानकारी दिए ।

उनका अनुसार सो पहिरोमा परी बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात छ । गएराति गएको पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका थिए । यस्तै, उक्त पहिरोमा परी एकजना घाइते भएका थिए ।

बेपत्ता भएकाको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

त्यस्तै, लमजुङको दोर्दी गाउँपालिका–९ मा गएराति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । विकल र मिलन दाजुभाइ हुन् ।

पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ । बेँसीशहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्