झापाको मेचीनगरमा हात्ती मृत फेला – Janadesh Daily | ePaper

झापाको मेचीनगरमा हात्ती मृत फेला


झापाको मेचीनगरमा बिहीबार बिहान हात्ती मृत फेला परेको छ । हात्ती सूचना केन्द्र बाहुनडाँगीका अनुसार मेचीनगर–३ स्थित निन्दा खोलाको पश्चिमतर्फ धरधरे ग्राउण्ड नजिक मृत हात्ती फेला परेको हो ।

बिहानै भाले हात्ती मृत फेला परेको र शरीरमा देखिने प्रकारको कुनै पनि चोटपटक नरहेको स्थानीयले बताएका छन् ।

विद्युतीय धराप लाग्दा हात्ती सोही ठाउँमा नै मर्ने भएकाले विद्युतीय धरापमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले जानकारी दिए । फुड पोइजनिङका कारण हात्ती मरेको हुनसक्ने पनि उनको भनाइ छ ।

योसहित झापाका विभिन्न पालिकामा अहिलेसम्म २० वटा हात्ती विभिन्न कारणले मरिसकेका छन् । धेरैजसो हात्ती विद्युतीय तार बारमा परेर मरेको बताइन्छ ।

केही दिनदेखि यो क्षेत्रमा ३० देखि ४० सम्मको सङ्ख्यामा हात्तीहरू ओहोरदोहोर गर्दै आएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्