विश्वकप विजेता भारतीय टिमलाई बीसीसीआईको १२५ करोड पुरस्कार – Janadesh Daily | ePaper

विश्वकप विजेता भारतीय टिमलाई बीसीसीआईको १२५ करोड पुरस्कार


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १ सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ ।

बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् ।

‘आइसीसी पुरुष टी–२० विश्व कप २०२४ जित्ने टीम इन्डियाको लागि १२५ करोडको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । टोलीले प्रतियोगिता अवधिभर असाधारण प्रतिभा, दृढता र खेलकुद प्रदर्शन गरेको छ । यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई,’ उनले लेखेका छन् ।

टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो । उसले दोस्रोपटक टी–२० विश्वकपको उपाधि जितेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्