कांग्रेसद्वारा एमालेसँगको सत्ता सहकार्य समझदारी अनुमोदन, प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह – Janadesh Daily | ePaper

कांग्रेसद्वारा एमालेसँगको सत्ता सहकार्य समझदारी अनुमोदन, प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह


नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेसको कार्य सम्पादन समितिको बैठकले एमालेसँगको सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको हो ।

कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको प्रवक्ता महतले बताए ।

कांग्रेसले मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनुरोध पनि गरेको महतले जानकारी दिए । कांग्रेस र एमालेले गत सोमबार राति प्रचण्डलाई हटाएर नयाँ सरकार बनाउने समझदारी गरेका थिए

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्