सत्तासहकार्य बारे ७ बुँदे सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक – Janadesh Daily | ePaper

सत्तासहकार्य बारे ७ बुँदे सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ । गत सोमबार राति एमालेसँग भएको संविधान संशोधनसहित सत्तासहकार्य गर्नेबारेको ७ बुँदे सहमति अनुमोदन गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा एमालेसँग भएको सहमति अनुमोदन र अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्