मेसी र स्वरेज बिना इन्टर मियामी विजयी – Janadesh Daily | ePaper

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी


इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गत चार्लोटविरुद्ध जित हासिल गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले चार्लोटलाई २/१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा रोबेर्ट टेलर र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए । त्यस्तै चार्लोटका लागि पाट्रीक आग्येमांगले एक गोल गरेका थिए ।

यस खेलमा चार्लोटका लागो गोल गरेका पाट्रीकले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।

आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी र लुइस स्वरेज कोपा अमेरिका खेल्न टिम बाहिर रहेका बेला इन्टर मियामीले लगातार जित हासिल गरिरहेको छ ।

यो जित पछि इन्टर मियामीले मेजर लिग सकरको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४७ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै चार्लेटको भने २२ खेलमा ३२ अंक रहेको छ र लिगमा छैठौं स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्