विपद्का घटनामा परेर हालसम्म ७८ जनाको मृत्यु, करोडौंको क्षति – Janadesh Daily | ePaper

विपद्का घटनामा परेर हालसम्म ७८ जनाको मृत्यु, करोडौंको क्षति


अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाको मृत्यु भएको छ । यस्तै, १० करोडभन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत २८ जेठदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी(पहिरोमा परेर ७८ जनाको मृत्यु भएको हो । २८ जेठदेखि आज बिहानसम्म बाढी(पहिरोमा परेर ९० जना घाइते र पाँचजना बेपत्ता भएका छन् ।

बाढी-पहिरोका कारण ३ सय ८१ पशु चौपायाको मरेका, ९८ गोठमा क्षति भएको, ५ सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

बाढी(पहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्