काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव अस्वीकृत भएको छ ।
दाहालले राखेको पस्तावको पक्षमा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको छ । यस्तै, तटस्थमा १ मत परेको छ । संसदमा कुल २५८ सांसदको उपस्थिति रहेको थियो ।