जनादेश, वीरगन्ज ।
वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको कोरोना अस्पतालमा आज बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँ गरीएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो ।
यस अघि शुक्रबार एकैदिन वीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको थियो ।