श्रीलंका क्रिकेट टोलीका पूर्व कप्तान धम्मिका निरोशानाको गोली हानी हत्या – Janadesh Daily | ePaper

श्रीलंका क्रिकेट टोलीका पूर्व कप्तान धम्मिका निरोशानाको गोली हानी हत्या


काठमाडौं । श्रीलंकाको अन्डर-१९ क्रिकेट टोलीका पूर्व कप्तान धम्मिका निरोशानाको गोली हानी हत्या भएको छ । एनडीटीभीका अनुसार मंगलबार राति अम्बालाङ्गोडास्थित आफ्नै घरमा गोली हानी निरोशानाको हत्या गरिएको हो ।

स्थानीय मिडिया रिपोर्टहरूकाअनुसार घटना हुँदा निरोशाना पत्नी र दुई बच्चाहरुसंग घरमा थिए । आक्रमणकारीले निरोशानामाथि १२ बोरको बन्दुक प्रयोग गरेको बताइएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमका लागि पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निरोशानालाई श्रीलंकाको युवा प्रणालीबाट बाहिर आएका उत्कृष्ट पेस बलिङ अलराउन्डरमध्ये एकको रूपमा हेरिएको थियो ।

उमेर समूह क्रिकेटको समयमा उनले फरवेज महरुफ, एन्जेलो म्याथ्यूज, उपुल थरंगा आदि जस्ता खेलाडीहरूको नेतृत्व गरेका थिए । उनले २० वर्षको उमेरमा खेल छोडेका थिए ।

निरोशानाले सन् २००१ र २००४ को बीचमा गाले क्रिकेट क्लबका लागि कुल १२ प्रथम श्रेणी खेल र ८ लिस्ट ए खेल खेलेका थिए ।

उनी एक उत्कृष्ट अलराउन्डर थिए । ब्याट र बल दुवैमा डेलिभर गर्न सक्ने निरोशानाले ३०० भन्दा बढी रन बनाएका थिए । आफ्नो सक्रिय करियरमा उनले १९ विकेट लिए ।

उनले सन् २००० मा श्रीलंकाको यू-१९ टोलीबाट डेब्यु गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्