नेपालसँग ११५ रनमा रोकियो यूएई, इन्दु वर्माको उत्कृष्ट बलिङ – Janadesh Daily | ePaper

नेपालसँग ११५ रनमा रोकियो यूएई, इन्दु वर्माको उत्कृष्ट बलिङ


एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा यूएईलाई हराउन नेपालले १ सय १६ रन बनाउनुपर्ने भएको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।

यूएईका लागि खुशी शर्माले ३९ बलमा दुई चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै, कविशा इगोडाजेले २२, समाइरा धरनिधर्कले १३ र कप्तान ईशा ओझाले १० रन जोडे ।

नेपालका लागि कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईले एकरएक विकेट लिए ।

नेपाललाई आज ऐतिहासिक जित निकाल्ने मौका छ । हालसम्म नेपालले एसिया कपमा जित निकाल्ने सकेको छैन । नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो ।

यस्तै, नेपालले सन् २०१६ को एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्डसँग पराजय बेहोरेको थियो । हालसम्म नेपाल र यूएईबीच पाँच खेलमा भेट भएको छ, जसमा नेपालले दुई र यूएईले एक खेल जितेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्