लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै चेतनारायण आचार्य – Janadesh Daily | ePaper

लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै चेतनारायण आचार्य


पार्टी केन्द्रको निर्देशनपछि नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सार्ने निर्णय गरेको छ।

प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीका अनुसार, उपनेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको छ। ‘पार्टीले उहाँ (चेतनारायण आचार्य) लाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ,’ उनले भने, ‘पार्टी केन्द्रकै निर्देशन अनुसार यस्तो निर्णय भएको हो।’

यसअघि संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्काजस्तै थियो। यद्यपि, अन्तिम समयमा केन्द्रबाट आचार्यलाई मुख्यमन्त्रीमा अघि सार्न निर्देशन आएको चौधरीले बताए।

गिरी पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्