आजदेखि पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबल सुरु – Janadesh Daily | ePaper

आजदेखि पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबल सुरु


३३ औं गृष्मकालीन पेरिस ओलम्पिकअन्तर्गत फुटबलका खेल आजदेखि शुरु हुँदैछ । ओलम्पिकको उद्घाटन पर्सि शुक्रवार हुने भए पनि फुटबलसहितका केही खेल आजदेखि शुरु हुन लागेको हो । पुरुष फुटबलअन्तर्गत पहिलो खेलमा आज बेलुका अर्जेन्टिना र मोरक्को खेल्दैछन् ।

समूह ‘बी’मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे शुरु हुनेछ । यहि समयमा समूह ‘सी’का स्पेन र उज्वेकिस्तान पनि खेल्दैछन् । यस्तै राति पौने ९ बजे समूह ‘ए’का गिनी र न्यूजिल्याण्ड तथा समूह ‘सी’को इजिप्ट र डोमिनिक रिपब्लिक, राति पौने ११ बजे समूह ‘बी’का इराक र युक्रेन तथा समूह ‘डी’का जापान र पाराग्वेबीच खेल हुनेछ ।

आजै राति पौने एक बजे समूह ‘ए’अन्तर्गत आयोजक फ्रान्स र अमेरिका तथा समूह ‘डी’को मालि र इजरायल खेल्दैछन् । पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली सहभागी छन् । पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरिएको छ ।

महिला फुटबलका खेल भोलिदेखि शुरु हुनेछन् । ओलम्पिकमा २३ वर्ष मूनीको टोलीबीच प्रतिस्पर्धा हुने गर्छ । जसमा २३ वर्षमाथिका तीन जना खेलाडी मात्र समावेश हुन्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्