राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् ।
उनले भने, ‘विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिन भित्रमा किन र के कारण, के उद्देश्यका लागी सरुवा गरिएको हो । यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ ।’
साथै उनले यो गठबन्धन कुन उद्देश्यले बनेको हो भनेर समेत प्रश्न तेर्स्याएका छन् । उनले नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेरा भित्र रहेर अनुसन्धान हुनुपर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको बताए ।
उनले मानव बेचबिखन र हातहतियार सम्बन्धी मुद्दा खेपेकाहरूलाई मन्त्री बनाएको आरोप लगाए ।