काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि सोडारीले पुन विश्वासको मत लिन लागेको हुन् ।
मुख्यमन्त्रीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । मुख्यमन्त्री सोडारीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।