काठमाडौं । नयाँ दमौली सबस्टेशनको ३८.८९ मिलियन डलरको सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौतामा हस्ताक्षर भएको जनाउँदै नेपालस्थित् अमेरिकीदूतावासले एमसिए नेपाल र सबै सरोकारवालाहरुलाई बधाई ज्ञापन गरेको छ ।
उक्त सम्झौतासँगै तीनवटा ४०० केभी सबस्टेशनहरूको निर्माणका लागि सबै सम्झौता प्रक्रिया पूर्ण भएको पनि दूतावासले जनाएको छ । नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनहरूसँग ऊर्जा प्रवाहको लागि महत्वपूर्ण बिन्दुको रूपमा काम गर्ने दूतावासको विश्वासको छ ।
यस वर्ष अमेरिका र नेपालबीचको बलियो द्विपक्षीय सम्बन्धको ७७ वर्ष मनाईने भएको छ । दूतावासले फेशबुकमार्फत भनेको छ,‘१९४७ देखि हाम्रो मित्रता खुला, जवाफदेही, र सहकार्यमा आधारित रहँदै आएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन यस साझेदारीको गर्व योग्य हिस्सा रहेको छ जसले समावेशी र दिगो आर्थिक वृद्धिको माध्यमबाट गरिबी घटाउन कार्य गर्दै आएको छ।’