गत आवमा वाणिज्य बैंकहरूको नाफा ६४ अर्बमाथि, कुनको कति ? – Janadesh Daily | ePaper

गत आवमा वाणिज्य बैंकहरूको नाफा ६४ अर्बमाथि, कुनको कति ?


काठमाडौं । वाणिज्य बैंकहरुले गत वर्षको असार मसान्तसम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा वाणिज्य बैंकहरुको नाफा १३.४० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

असार मसान्तसम्म सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस अवधिमा नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा बेंकको नाफा १०.२३ प्रतिशतले धेरै हो ।

यस्तै, ६ अर्ब १ करोड नाफासहित दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यद्यपी अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा भने १०.१३ प्रतिशत घटेको हो । तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । असार मसान्तसम्म बैंकले ५ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३९.७१ प्रतिशतले बढेको हो ।

त्यस्तै, सबैभन्दा कम नाफा आर्जन गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २३.०९ प्रतिशतले घटेको छ । असार मसान्तसम्म यस बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्