सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ५० हजार – Janadesh Daily | ePaper

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ५० हजार


काठमाडौं । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोवार भइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार तोलामा १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्